जसपाको विवाद थप पेचिलो बन्दै । कार्यकारणी बैठक नै अनिश्चत

जनता समाजवादी पार्टी, नेपालको आन्तरिक विवाद थप पेचिलो बन्दै गएको छ । गत शुक्रवार देखि सुुरु भएको जसपा नेपालको कार्यकारणी समिति बैठक सोमवार सम्म नियमित बसे पनि मंगलवार देखि बैठक नै बस्न सकेको छैन । जसपा पार्टी कार्यलयले कार्यकारणी समिति बैठक जारी रहेको जनाएको छ । तर मंगलवार अध्यइा उपेन्द्र यादव सहितको उनी पक्षका नेताहरु बैठकका लागी पार्टी कार्यलय पुुगे पनि बाबुराम भटराई पक्ष अनुपस्थित भएका थिए । त्यस पछि जसपाको कार्यकारणी बैठक नै अनिश्चत बन्न पुुगेको छ ।
सोमवार पार्टी कार्यलयमा अध्यक्ष उपन्द्र यादव र उनी पक्षका नेताहरु बसीरह्दा पनि बैठकका लागी नपुुगेका भटराई पक्षले अगलै छलफल गरेका थिए ।
सोमवारको बैठकले पार्टीको संघिय परिषद बैठक, केन्द्रिय समिति बैठक र विद्याँन अधिवेशन गर्ने निर्णय गरेको थियो भने स्थानिय तह निर्वाचनका लागी तीन सदस्यीय निर्देशिका तयारी समिति पनि गठन गरेका थिए ।
तर भटराई पक्षले उठाउदै आएको सामुहिक नेतृत्व प्रणाली वारेमा यादव भटराइ पक्षको विचमा मतभेद देखिए पछि जसपा नेपालको जारी बैठक नै अनिश्चित बन्न पुुगेको छ ।
जसपामा पछिल्लो केहि समय यता भटराइ र यादवको विचमा टकराव चल्दै आएको छ ।