जसपा नेपालद्धारा केन्द्रिय समिति र संघिय परिषद बैठक सहित विद्यान अधिवेशन गर्ने निर्णय – Madhesh Update

जसपा नेपालद्धारा केन्द्रिय समिति र संघिय परिषद बैठक सहित विद्यान अधिवेशन गर्ने निर्णय

   February 28, 2022  

जनता समाजवादी पार्टी, नेपालले केन्द्रिय समिति बैठक, संघिय परिषद बैठक र विद्याँन अधिवेशन गर्ने निर्णय गरेको छ ।

सोमवार जसपा नेपालको पार्टी कार्यलयमा बसेको केन्द्रिय कार्यकारणी समिति बैठकले फागुन २९ र ३० गते केन्द्रिय समिति बैठक, फागुन २८ गते संघिय परिषद बैठक र असार १ र २ गते विद्याँन अधिवेशन गर्ने निर्णय गरेको छ । गत शुक्रवार देखि काठमाडौमा सुरु भएको जसपाको कार्यकारणी समिति बैठकमा १२ ओटा एजेन्डाहरु प्रस्तुत भएको थियो ।

आइतवार मात्रै जसपाले स्थानिय तह निर्वाचनका लागी पार्टी दर्ता, निर्वाचनमा पार्टीका अधिकारिक उम्मेदवारको मनोयन पत्रमा वरिुष्ठ नेता अशोक राईको हस्ताक्षर गर्ने र एमसीसीको पक्षमा उभिने निर्णय गरेको थियो ।

सोमवारको बैठकले पार्टीको केन्द्रिय समिति देखि संघिय परिषद हुबैठक हुदै विद्यान अधिवेशन सम्मको टुुगो लगाएको छ । बैठकले त्यसको साथै स्थानिय तह निर्वाचन निर्देशिका तयार गर्न पनि तीन सदस्यीय समिति बनाएको छ । हिसिला यमी, मनिष सुमन र नवराज सुवेदी सम्मीलित तीन सदस्यीय समिति जसपले बनाएको छ ।

त्यसको साथै बागमती प्रदेश , गण्डकी प्रदेश र कर्णाली प्रदेशमा पार्टी समायोजनको पुर्णता पनि यही फाल्गुन मसान्तसम्ममा गरिसक्ने निर्णय जसपाले गरेको छ ।