बृषेचन्द्र लालको अध्यक्षतामा तमलोपाको पुर्नगठन अभियान वढयो अगाडी – Madhesh Update

बृषेचन्द्र लालको अध्यक्षतामा तमलोपाको पुर्नगठन अभियान वढयो अगाडी

   February 28, 2022  

केन्द्रिय भेलाबाट ५ प्रस्ताव पारित

पुनर्गठित तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय भेलाबाट केन्द्रीय कार्य समिति चयनसँगै पाँच वटा प्रस्ताव पारित गरेको छ । आइतबार जनकपुरधाममा भएको तमलोपाको केन्द्रीय भेलाले तमलोपाको अध्यक्षमा बृषेशचन्द्र लाललाई चयन गरेको छ भने वरिष्ठ नेतामा डा विजय कुमार सिंहलाई चयन गरेको छ ।

तमलोपाका संस्थापक अध्यक्ष रवि शंकर लाल कर्णको अध्यक्षतामा भएको केन्द्रीय भेलाबाट ५५ सदस्यीय केन्द्रीय कार्य समिति पनि घोषणा गरिएको छ ।

केन्द्री​ सदस्यहरूमा अंजना दत, अर्चना ठाकुर, इन्दु देवी, ई बिरेन्द्र यादव, ईश्वर पण्डित, उमेश कुमार मण्डल, गुरुशरण यादव, गौरीशंकर सिंह, जगन्नाथ चौधरी, जयनन्दन सहनी, जयनाथ नायक, जयनाथ मण्डल, जहीर अहमद, दिलिप कुमार पाण्डेय, धीरेन्द्र सिंह, ध्रुव प्रसाद साह, नवरतन मुरारका, नवीन कुमार सिंह, नवीन सिंह, निर्मला झा, बिन्दु ठाकुर, बिपिन ठाकुर, बिमला साह, ब्रजकिशोर सिंह, भागिरथ कर्ण, भोलानाथ झा, मदन सिंह, महेन्द्र यादव, मुक्तिनारायण यादव, मो असगर अली, योगेन्द्र राय, रजिया बेगम, रमेश अधिकारी, रविन्द्र वर्मा, रविशंकर कर्ण, राजकिशोर मण्डल, राजेश जलान विद्रोही, राधिका देवी, रामचन्द्र साह, रामजी राय, रामतुल्लाह खान, रामनगीना पासवान, रामनारायण सिंह, शरद कुमार मण्डल, शान्ति सिंह, शेलादेवी झा, श्याम साह, श्यामोदेवी दास, सतीश लाल दास, सरस्वती कर्ण, सुनील कर्ण, सुनील तिवारी र सुहैल अहमद रहेका छन् ।

त्यस्तै केन्द्रीय भेलाले पाँच वटा प्रस्ताव समेत पारित गरेको छ । प्रस्ताव १ लाई केन्द्रीय सदस्य रामजी राय, प्रस्ताव २ लाई अञ्जना दत्त, प्रस्ताव ३ लाई उमेश मण्डल, प्रस्ताव ४ लाई दिलिप पाण्डे र प्रस्ताव ५ लाई धुब्र साहले भेलामा प्रस्तुत गरेका थिए । उक्त प्रस्तावहरूलाई केन्द्रीय भेलाले पारित गरेको छ ।