रौतहटमा मेयरसहित चार जना पाँच लाख रुपैयाँ घुससहित पक्राउ

रौतहटको देवाहो गोनाही नगरपालिकाका मेयरसहित चारजलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । नगरपालिकाका मेयर धर्मेन्द्र पटेललाई अख्तियारको टोलीले दुई लाख ५० हजार रुपैयाँको चेक र त्यति नै रकमसहित पक्राउ गरेको जनाएको छ ।
सोही नगरपालिका १ का अध्यक्ष शेख नुरुल्लाहसँग घुस लिएको आरोपमा अख्तियार टोलीले उनलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिए ।
उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी दिने क्रममा विभिन्न बहाना बनाई सेवाग्राहीसँग ५ लाख रुपैयाँ मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ ।
आयोगको टंगालबाट खटिई गएको टोलीले नगर प्रमुख पटेल, उनका सहयोगी अशोक प्रसाद पटेल, योजना शाखाका प्रमुख (खरिदार चौथो तह) मुकेश पटेल र सहलेखापाल प्रदीप कुमार यादवलाई सेवाग्राहीबाट घुसररिसवत बापत २ लाख ५० हजार र दुई लाख पचास हजार रुपैयाँ र अर्को साढे दुई लाख रुपैयाँको चेकसहित नियन्त्रणमा लिएको जनाएको छ।