जसपा नेपालको कार्यकारणी बैठक सुुरु । १२ एजेन्डा तय, एमसीसी वारेमा वलियो धारणा – Madhesh Update

जसपा नेपालको कार्यकारणी बैठक सुुरु । १२ एजेन्डा तय, एमसीसी वारेमा वलियो धारणा

   February 25, 2022  

जनता समाजवादी पार्टी नेपालमा एमसीसीको पक्षमा बलियो आवाज उठेको छ । शुक्रबारदेखि शुरु जसपा कार्यकारणी समिति बैठकमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको लाइनअनुसार एमसीसीको पक्षमा बोल्ने सदस्यको संख्या धेरै भएपछि बैठक लम्बिने भएको छ।

ललितपुरको इमाडोलस्थित एउटा पार्टी प्यालेसमा बसेको कार्यकारणी समिति बैठक शनिबार पुनः बस्दै छ। पार्टीको आन्तरिक मुद्दादेखि एमसीसीसम्म अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष भट्टराईबीच दूरी बढिरहँदा कार्यकारणी समितिमा भट्टराई पक्ष हाबी देखिएका नेताहरूले बताएका छन्।

प्रतिनिधिससभा टेबुल भएको एमसीसीबारे जसपाले अहिलेसम्म आधिकारिकण धारणा बनाइसकेको छैन। भट्टराई खुलेर पक्षमा देखिएका छन भने कार्यकारी अध्यक्ष यादव विपक्षमा छन्। यादव नै संसदीय दलको नेतासमेत भएकाले उनको निर्णय कुरेर पार्टी नेताहरू बसेका छन। यद्यपि यादव शुक्रबारको बैठकमा एमसीसीमा खुलेनन्। शुक्रबारको बैठकमा भट्टराई र यादव पक्षका नेताहरू बीच आरोप-प्रत्यारोप गरेका छन्।

गत मंसीरयता भट्टराई पक्षले पार्टीको आन्तरिक मुद्दालाइ लिएर यादवमाथि दबाब दिइरहेको एमसीसीले जसपामा थप ध्रुवीकरण ल्याइदिएको छ।

जसपा नेपालका प्रमुख सचेतक प्रमोद साहले शुक्रबारदेखि शुरु बैठकमा नेताहरूले पार्टीदेखि समसमायीक राजनितीबारे आ-आफ्नो धारणा राखिरहेको बताए। “बैठकमा कार्यकारणी सदस्यहरूले आआफ्ना कुराहरू राख्ने काम अहिले भइरहेको छ”, साहले भने, “अहिले नै पार्टी यो वा त्यो निर्णय गर्छ भन्न सकिन्न।”

१२ ओटा एजेण्डा तय

शुक्रबारको बैठकले १२ ओटा एजेण्डा पनि तय गरेको छ। पहिलो एजेन्डामा स्थानीय तह निर्वाचनका लागि पार्टी निर्वाचन आयोगमा दर्ता र दोस्रोमा एमसीसी राखिएको छ। स्थानीय तहको निर्वाचन र एमसीसी सँगसँगै समसामयिक राजनीतिक अवस्था, कार्यकारिणीलाई पूर्णता, केन्द्रीय समितिको कार्यविभाजन, नेतृत्व प्रणाली, विधान अधिवेशन, सुज अभियान, सरकारमा सहभागी मन्त्रीहरूको कार्य समीक्षा, केन्द्रीय समिति र संघीय परिषद्को बैठकलगायत एजेण्डा तय गरिएको जसपा कार्यलय प्रमुख प्रकाश अधिकारीले बताए।

जसपा स्रोतका अनुसार एमसीसीको पक्षमा अधिकांश कार्यकारणी सदस्य र सांसद देखिएपछि यसलाई प्राथमिकतामा दोस्रो नम्बरमै राखिएको छ। यद्यपि अध्यक्ष यादव सकभर एमसीसीबारे पार्टी नखुलोस् भन्नेमै छन्।

तर भट्टराईले एमसीसीका पक्षमा कार्यकारणीदेखि संसदीय दलसम्मबाट बहुमत बटुल्न खोजेका छन्। साथै भट्टराईले पार्टीमा कार्यकारणी अधिकारको बाँडफाँट र नेताहरूको व्यवस्थापनको मुद्दालाई पनि गम्भीर रूपमा उठाएका छन्।

पार्टी अध्यक्ष यादवले पार्टीको निर्णयमा एकलौटी गरेको भन्दै भट्टराईप्रति पछिल्लो केही समययता लागातार असन्तुष्टि जनाइरहेका छन्।

अध्यक्ष यादवले पार्टीको बैठक नै नराखेको भन्दै भट्टराई पक्षका केन्द्रीय सदस्यहरूले त हस्ताक्षर नै संकलन गर्नेगरी अभियान पार्टीभित्र चलाएका छन्। यसलाई कतिपयले पार्टी फुटसग जोडिएको पनि व्यख्या गर्न थालेका छन्। तर हस्ताक्षरकर्ताहरूले यसलाई पार्टी सुधारको अभ्यास भएको दाबी गरेका छन्।