उपेन्द्र यादव एमसीसीको विपक्षमा उभिने, बाबुुराम भटराईले जसपा फोडदै – Madhesh Update

उपेन्द्र यादव एमसीसीको विपक्षमा उभिने, बाबुुराम भटराईले जसपा फोडदै

   February 22, 2022  

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधीसभामा टेवल भएको एमसीसीको विपक्षमा उभिने भएको छ । यादवले आफना निकट नेताहरु संग अनौपचारिक छलफल गर्दै एमसीसीले नेपालमा अमेरिका र चिनलाई थप खेल्ने मौका बनाई दिने भन्दै आफु कुनै पनि हालतमा त्यसको पक्षमा नउभिने बताएका छन । एमसीसी संसदमा टेवल भईसके पनि यादव यसवारेमा मौन बसेका छन । पार्टी भित्रै संघिय परिषद अध्यक्ष बाबुराम भटराई सहितका नेताहरु एमसीसीको पक्षमा खुलेर बोलीरहेको छ । तर यादवले भटराईले यही मौकामा पार्टी पनि फोडन लागेको आफना निकट नेताहरु सुनाएका छन ।

तर यादवले भटराईले एमसीसीको वाहनामा अहिले पार्टी फोडे पनि आफु आफनो अडानमा व्याक नहुने बताएका छन । यादवले पार्टीको आन्तरिक बिषय सहित एमसीसी वारेमा छलफल गर्न आउदो १३ गते जसपाको कार्यकारणी समिति बैठक बोलाएका छन ।

गत मंसीर देखि नै जसपा नेपालमा पार्टीको आन्तरिक मुद्धाहरुलाई लिएर यादव र भटराई विच टकराव बढदै गएको छ । भटराई पक्षले पछिल्लो समयमा लागातार पार्टीको केन्द्रिय समिति बैठक बोलाउन माग गरेको छ । यादवले बैठक नबोलाए पछि भटराई पक्षले हस्ताक्षर नै संकलन गर्न थालेका छन ।

भटराई पक्षले केन्द्रिय सदस्यहरुको हस्ताक्षर संकलनमा उत्रे पछि यादवले १३ गतेका लागी कार्यकारणी समिति बैठक बोलाएका हुन । तर यादवले आफनो निकट नेताहरु छलफलहरु गर्दै एमसीसीको विपक्षमा आफु उभिदा त्यसमा वरिष्ठ नेता अशोक राई देखि राजेन्द्र श्रेष्ठ सम्मले साथ दिने दावी गरेका छन । पछिल्लो समयमा भटराईले वरिष्ठ नेता राईलाई दोस्रो कार्यकारणी अध्यक्ष बनाउन माग गरेका छन । तर यादवले आफुले राईसंग कुरा गरेर मिलाईसकेको दावी गरेका छन ।