सर्लाहीमा बलात्कार आरोपी २९ वर्षीया युवालाई १० वर्ष कैद – Madhesh Update

सर्लाहीमा बलात्कार आरोपी २९ वर्षीया युवालाई १० वर्ष कैद

   February 17, 2022  

पीडितलाई क्षतिपूर्ति भराउन आदेश

बलात्कार आरोप लागेका एक जनालाई जिल्ला अदालत सर्लाहीले १० वर्ष कैद सजाय सुनाएको छ।

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा हरिपुर नगरपालिका-५ लक्ष्मीपुरका २९ वर्षीय गरिब साह तेलीलाई जिल्ला अदालतले १० वर्ष कैद सजायको फैसला गरेको हो।

सर्लाही जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासबाट ३ फागुनमा मुद्दाको अन्तिम फैसला गर्दै १० वर्ष कैद र १ लाख २५ हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिन फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार विश्वनाथ आर्यालले जानकारी दिए।

पीडित बालिकालाई तेलीले ०७६ माघ ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा माघ ७ गते उजुरी दिएको थियो। पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७६ माघ ७ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको थियो।