मधेशमा पनि बन्दको प्रभाव परेन, ठाउ-ठाउवाट बन्द समर्थक कर्याकर्ताहरु पक्राउ
एमसीसीको विरोधमा नेपाल बन्द्यको आब्हान गरिए पनि त्यसको प्रभाव काठमाडौ सहित मधेश तिर पनि नपरेको हो । काठमाडौमा विहानै प्रहरीले बन्दकर्ताहरुलाई पक्राउ गर्न थाले पछि बन्द निष्प्रभावी भएको थियो । त्यसैगरि मधेशक जिल्लाहरुमा पनि बन्द गराउदै हिडको कार्यकर्ताहरु पक्राउ परेका छन ।
धनुुषामा २१ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेका छन् । बुधबार एमसीसीको विरोधमा पूर्व–पश्चिम राजमार्ग बन्द गराउँदै हिँडेका २१ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य देवनारायण साहलगायत रहेका छन् । धनुषामा बन्दको सामान्य प्रभाव परे देखिएको छ ।
सिरहाबाट प्रहरीले नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय सदस्यसहित १० जना बन्दकर्तालाई पक्राउ गरेको छ । एमसीसीको विरोधमा राजमार्ग बन्द गराउन निस्केका बन्द कर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य रामनारायण सिंह, मधेश प्रदेश संयोजक तथा जिल्ला सेक्रेटरी संजय सिंह, शम्भु साह, रन्जित साह, विष्णुलाल सिंह, रामकिशोर दास, विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीको जिल्ला संयोजक राजु विक, उचित महरा, भक्तबहादुर कार्की, क्रान्ति रहेका छन् ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चाले नेपाल बन्दको आह्वान गरेका थिए ।