काठमाडौ देखि मधेश सम्म गजेन्द्रनारायण सिंहको २० औं स्मृति दिवस मनाइयो – Madhesh Update

काठमाडौ देखि मधेश सम्म गजेन्द्रनारायण सिंहको २० औं स्मृति दिवस मनाइयो

   January 24, 2022  

नेपाल सद्भावना पार्टी नेपालका संस्थापक स्व गजेन्द्रनारायण सिंहको २० औँ स्मृति दिवस सोमवार विभिन्न कार्यक्रमहरु गरि मनाइएको छ । गजेन्द्र नारायण सिंह अध्यन केन्द्रले स्व सिहको २० औ स्मृति दिवसको अवसरमा काठमाडौ सहित मधेशका जिल्लाहरुमा अन्तक्रिया कार्यक्रम गरेका छन ।

केन्द्रका अध्यक्ष अनिल महासेठले सोमवार विज्ञप्ती जारी गरेर काठमाडौको अनामनगर स्थित कार्यलय सहित मधेशका जिल्लाहरुमा केन्द्रका स्थानिय समितिहरुको अगुवाईमा मधेश प्रदेश र गजेन्द्र नारायण सिह विषयक अन्तक्रिया सम्पन्न भएको जनाएको छ ।

काठमाडौमा सम्पन्न अन्त्क्रिया कार्यक्रमा लोकतान्त्रिक समाजादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो सहभागी भएका थिए । अध्यक्ष महासेठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्य लोसपाका वरिष्ठ नेता महतो सहित सदभावामा पुराना नेता देवेन्द्र मिश्र , बुद्धजिवी विजयकान्त कर्ण सहितका नेता तथा बुद्धजिवीहरु उपस्थित थिए ।
यसैगरि जिल्लाहरुमा भएको कार्यक्रमहरु पनि स्थानिय मधेश केन्द्रित पार्टीका नेताहरु र तात्कालिन सदभावनामा लागेका पुुराना नेताहरु सहभागी भएका थिए ।