मधेश प्रदेशमा ११ हजारले लगाए कोरना विरुद्धको बुुस्टर डोज – Madhesh Update

मधेश प्रदेशमा ११ हजारले लगाए कोरना विरुद्धको बुुस्टर डोज

   January 24, 2022  

मधेशमा प्रदेशमा आइतवार सम्म ११ हजार बुस्टर डोज लगाईएको प्रदेशका स्वास्थ निर्देशनालयले जनाएको छ । निर्देशनालयका निर्देशक विजय झाका अनुुसार नेपाल सरकारले अग्रपंक्तिमा काम गरिरहेकोहरु लाई लगाउन सुुरु गरेको बुुस्टर डोज आइतवार सम्म मधेश प्रदेशमा १० हजार ९ सय ९८ जनाले लगाएका छन ।

प्रदेशको बारा जिल्लामा सबै भन्द्या वढी ३ हजार २ सय २० जनाले बुुस्टर डोज खोप लगाएका छन । त्यसैगरि सर्लाहीमा २ हजार २६, धनुुषमा १ हजार ९ सय ६०, रौतहटमा १ हजार ८ सय २३, सिरहामा १ हजार ८७, महोत्तरीमा ४ सय १६, सप्तरीमा ३ सय २१ र पर्सामा १ सय जनाले बुस्टर डोज खनोप लगाएको स्वास्थय निर्देशनालयले जनाएको छ ।

मधेश प्रदेशमा कोभिड विरुद्धको खोप सरदर सबै उमेर समुहका नागरिहरुमा ५० प्रतिशतले अहिले सम्म लिएका छन ।