राष्ट्रियसभा निर्वाचन- मधेशमा एमाले-लोसपा विच गठबन्धन – Madhesh Update

राष्ट्रियसभा निर्वाचन- मधेशमा एमाले-लोसपा विच गठबन्धन

   January 20, 2022  

 राष्ट्रियसभामा दुवैका एकएक उम्मेदवार

मधेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी गठबन्धन भएको छ । १२ माघमा हुन लागेको राष्ट्रियसभा निर्वाचनमा एमाले र लोसपा बीच गठबन्धन भएको हो ।

एमाले र लोसपाले आज बिहीबार जनकपुरधामको शुभम् हाटेलमा पत्रकार सम्मेलन गरेर मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन घोषणा गरेका हुन् ।

गठबन्धन घोषणा कार्यक्रममा एमाले सचिव रघुवीर महासेठ र पोलिटब्युरो सदस्यद्वय जुली महतो र लीलानाथ श्रेष्ठको उपस्थिति रहेको थियोे भने लोसपाको मधेश प्रदेश संसदीय दलका नेता र प्रदेश कमिटी अध्यक्ष जितेन्द्र सोनल र प्रमुख सचेतक परमेश्वर साहको उपस्थिति रहेको थियोे ।

मधेश प्रदेशबाट शशिकला दाहाल र सुमनराज प्याकुरेलको कार्यकाल आगामी २० फागुनमा सकिँदैछ। मधेश प्रदेशमा एमालेबाट विना देवी र पर्साका उसमान अन्सारीले उम्मेदवारी दिएका थिए ।

त्यस्तै, लोसपाबाट महोत्तरीकी रुपाकुमारी यादवको उम्मेदवारी परेको थियो । अहिले गठबन्धनपछि एमालेकी विना देवीले उम्मेदवारी फिर्ता लिएकी छन् ।

अब एमालेबाट अन्यतर्फ उसमान अन्सारी र लोसपाबाट महिलातर्फ रिता यादवको उम्मेदवारी कायम भएको छ ।

सत्तागठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्याल, जनता समाजवादीका महमद खालिदको उम्मेदवारी परेको छ ।

मधेशमा १०४ प्रदेशसभा सदस्य छन्। जसमा जसपा ३९, लोसपा १६, एमाले ८, कांग्रेस १९, एकीकृत समाजवादी १३, माओवादी आठ र नेपाल संघीय समाजवादी पार्टीका एक छन् ।

मधेसमा प्रदेशसभा सदस्यको मतभार अनुसार एमालेसँग मात्रै ३ सय ८४ मात्र छ ।

यहाँ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २६८ जना छन् । जसअनुसार मधेशमा कुल मतभार ९ हजार ८१६ छ ।