मधेस प्रदेशमा भोलि पनि सार्वजनिक बिदा – Madhesh Update

मधेस प्रदेशमा भोलि पनि सार्वजनिक बिदा

   January 18, 2022  

मधेश प्रदेशमा भोलि बुधबार पनि सार्वजनिक बिदा हुने भएको छ। मधेश प्रदेशमा लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ।

प्रदेशको नाम मधेश र राजधानी जनकपुर तय भएको खुशीमा आज मंगलबार सार्वजनिक बिदा दिएको प्रदेश सरकारले बुधबार मधेश बलिदानी दिवसको अवसरमा यसअघि नै सार्वजनिक बिदा दिने निर्णय गरिसकेको थियो।

५ माघ २०६३ देखि शुरु भएको मधेश आन्दोलनको स्मरणमा प्रदेश सरकारले शुरुदेखि नै मधेश बलिदानी दिवसमा सार्वजनिक बिदा दिँदै आएको छ।

प्रदेश सरकारले यसपटक बलिदानी दिवस राजविराजमा मनाउने निर्णय गरेको छ। यसपटक प्रदेश सरकारले मधेश आन्दोलनमा शहीद भएका ५७ जनाको परिवारलाई तीन लाख रुपैयाँका दरले सहयोग वितरण गर्ने भएको छ।