प्रदेश दुईको नाम मधेश प्रदेश र राजधानीमा जनकपुरमा पारित – Madhesh Update

प्रदेश दुईको नाम मधेश प्रदेश र राजधानीमा जनकपुरमा पारित

   January 17, 2022  

प्रदेश दुुईको नाम मधेश प्रदेश र स्थाई राजधानीमा जनकपुर रह्ने पारित भएको छ । प्रदेश दुुईको प्रदेशसभाले सोमवार दुुई तिहाईले प्रदेशको नाम र राजधानी कायम गरेको छ । प्रादेशिक संरचना बनेको चार बर्ष वितिसक्दा प्रदेशको नाम र राजधानी कायम हुन नसकेको भन्दै प्रदेश दुुई सरकार र मधेश केन्द्रित पार्टीहरुको आलोचना हुदै आएको थियो ।

प्रदेश सरकार र प्रदेशसभामा रहेको दलहरुको यस अघि पनि नाकामरण र राजधानी वारे एक पटक गरिएको प्रयास असफल भएको थियो । यस अघि मधेश प्रदेश र जनकपुरमा दुुई तिहाई नपुुगे पछि अस्विकृत भएको थियो ।

प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरमा जसपा, लासपा र माओवादीले घोषीत रुपमै समर्थन गरेको थियो भने काग्रेस र एमालेवाट केहि मत क्रस भए पछि आजको नाम र राजधानी पारित भएको छ । नेकपा एसले पनि अन्तिममा अघोषीतमा समर्थन गरेको जनाएको छ ।

प्रदेशको मधेश प्रदेश र राजधानी जनकपुर कायम भए पछि मंगलवार प्रदेशमा विदा हुने भएको छ । प्रदेश सरकारले मंगलवार नामाकारण र स्थाई राजधानी भएको उपलक्ष्यमा विदा दिने निर्णय गरेको अर्थमन्त्री शैलेन्द्र साहले जनाएको छ ।