जसपा नेपालका अध्यक्षका उपेन्द्र यादवलाई जनकपुरमा कालो झण्डा – Madhesh Update

जसपा नेपालका अध्यक्षका उपेन्द्र यादवलाई जनकपुरमा कालो झण्डा

   January 16, 2022  

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई जनमत पार्टीका स्थानिय नेता कार्यकर्ताले जनकपुरमा कालो झण्डा देखाएका छन । पछिल्लो समयमा किसानको मुद्धामा लिएर तराई मधेशका जिल्लामा विरोध प्रर्दशन गरिरहेका जनमत पार्टीले कृषीमन्त्री सहितका जसपा नेताहरुको विरोध गर्दै आईरहेका छन ।

जसपाले धनुुषाको मुखीयापटी मुसनरीयामा आइतवार गरेको कार्यक्रममा सहभागी हुन अध्यक्ष यादव र भौतिकमन्त्री रेणु यादव जनकपुर भएर जादा जनमत पार्टीका नेता कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुुन ।

जनमत पार्टीले किसान मुद्धामा याद नेतृत्वको जसपाले केहि नगरेको भन्दै आलोचना गर्दै आइरहेको छ ।