सिरहाको गोलबजारमा पेस्तोलसहित युवक पक्राउ

गोलबजार नगरपालिका-६ डोहटिया टोल बस्ने २७ वर्षीय पंकजकुमार महतोलाई १ थान म्याग्जिन नभएको पेस्तोलसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
महतोले आफ्नै घरमा हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले पेस्तोलसहित उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।