प्रदेश दुुईको नामाकरण र राजधानीमा फरि रस्साकस्सी सुुरु

प्रदेशसभामा नाम र राजधानीको प्रस्ताव टेबल हुने भए पछि प्रदेश दुुईमा फेरि दलहरु विचमा रस्साकस्सी सुुरु भएको छ । मधेश आन्द्योलनको आडमा संघियता आएको दावी गर्ने मधेश केन्द्रित दलहरुको बाहुल्य रहेको प्रदेश दुुईको नामाकरण र राजधानी टुुगो नलागे पछि पछिल्लो समयमा आलोचना हुन थालेको छ ।
संघियता र प्रादेशिक संरचना कार्यन्वयनमा आएको चार बर्ष पुुगे पनि प्रदेश दुुईमा रहेको जसपा नेतृत्वको सरकारले प्रदेशको नाम र स्थाई राजधानी टुुगो लगाउन नसकेको भन्दै मधेश केन्द्रित दलहरुको कार्यक्षमता माथी नै प्रश्न उठेको छ ।
हुनत त्यसको प्रयास नभएको होईन । तर दलहरुको विचमा नाममा खासगरि सहमती बन्न नसक्दा प्रदेश दुुइको नाम र राजधानीको टुुगो लाग्नमा समस्या परिरहेको देखिएको छ । एक पटक मतदान मार्फत नै नाम र राजधानी टुुगो लगाउन नसकेको भए पनि आउदो ३ गते पुन प्रदेश दुुईको प्रदेशसभामा प्रदेशको नाम र राजधानी वारेमा पुन मतदान हुदै छ ।
गत ८ पुुषमा बसेको प्रदेशसभा बैठकमा प्रदेशको नाममा चार ओटा प्रस्ताव र राजधानीका लागी ३ ओटा प्रस्ताव पेश भएको थियो । यी प्रस्तावहरुको विचमा साझा सहमती खोज्ने गरि विचमा सभामुखको नेतृत्वमा सहमतीको प्रयास भए पनि त्यो सफल हुन नसके पछि ३ माघमा मतदान मार्फत टुुगो लगाउने तयारी अघि वढेको छ ।
गत आइतवार सभामुख सरोज यादवले प्रदेश दुुईमा प्रतिनिधित्व गर्ने दलहरुका नेता तथा प्रमुख सचेतकहरु संग छलफल गरेका थिए । तर उक्त छलफलमा पनि टुुगो नलागे पछि सभापतिले ८ पुुषमा दर्ता भएका प्रस्तावहरुलाई प्रक्रियामा अघि वढाउने तयारी अगाडी सारेका छन ।
मुुख्यमन्त्रीले पहल नगरेको आरोप
प्रदेशको कार्यकारी प्रमुख रहेका मुख्यमन्त्री लालबाबु राउत माथी अन्य दलका नेताहरुले प्रदेशको नाम र राजधानी वारेमा सहमतीको प्रयास नै नगरेको आरोप लगाएका छन । राउत उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका नेता पनि हुन । आउदो फागुन पहिलो हप्ता उनी मुख्यमन्त्री भएको चार बर्ष पुुग्दै छन । वर्तमान अवस्थ उनको सरकार संग दुुई तिहाईको बहुमत छ । राउत नेतृत्वको प्रदेश दुुईको सरकारमा नेपाली काग्रेस, माओवादी र नेकपा एस सहभागी नै छन । प्रतिपक्षमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी नाम र राजधानीको सवालमा सरकारको प्रस्ताव संग सहमत छन । त्यस वाहेक प्रतिपक्षी बेन्चमा रहेको नेकपा एमाले संग प्रदेश दुुईमा ८ सासद मात्रै छ ।
यद्यपी सरकारमै सामेल रहेको नेपाली काग्रेस र नेकपा एस सरकारको प्रस्तावको विरुद्धमा आ आफनो दलगत छुुटै प्रस्ताव दर्ता गराएका छन । नेपाली काग्रेसले सांस्कृति पहिचान झल्कने गरि मिथीला भोजपुरा नाम अघि सारेका छन भने नेकपा एसले जानकी प्रदेशको नाम अघि सारेका छन । सरकारमै रहेको अर्को दल माओवादी मधेश प्रदेशमा सहमत छन तर आफनो प्रस्ताव छुुटै पेश गरेका छन ।
जसकारण प्रदेशको नाम र राजधानीको सवालमा सबै दलहरु आ आफनो दाउमा रहेको देखिन्छ । लोसपा नेपालका प्रदेश दुुईका पार्टी अध्यक्ष तथा ससदीय दलका नेता जितेन्द्र सोनलले नाम राजधानी टुुगो लगाउने प्रयासमा सबै भन्द्या पहिला सरकारले आफनो औपचारिक धारणा सार्वजनिक गर्नु पर्नेमा जोड दिन्छन । सरकारले गर्न सक्ने काममा पनि कतै देखिएन, सोनलले भने, उहाहरु नाम र राजधानी वारेमा गम्भिर छ जस्तो नै मलाई लागेन । प्रदेश दुुईको नाम र स्थाई राजधानीको सवालमा राजनिती सहमतीको खाचो रहेको र त्यसको नेतृत्व सरकारवाटै हुनुपथ्र्यो, त्यो देखिएन , सोनलले भने ।
मधेश केन्द्रित शक्क्तिहरुले मधेशको मुद्धा र एजन्डामा काग्रेस, एमाले जस्ता पुराना पार्टीहरुले सहयोग नगरेको आरोप लगाउदै आएका छन । प्रदेश दुुईको नामाकरणको सवालमा जसपा र उनको नेतृत्वको सरकारले काग्रेस र एमाले माथी यही आरोप लगाउदै आएका छन । तर प्रदेश दुुईका काग्रेस संसदीय दलका नेता तथा प्रदेश सरकारका भौतिकमन्त्री रामसरोज यादवले त्यसलाई खण्डन गर्छन । यादवले मधेश केन्द्रित पार्टीहरु मुद्धाहरु सम्बोधन गर्ने प्रयास गर्नु भन्दा मुद्धालाई लब्याउने र तन्काउने दाउमा रहेको आरोप लगाए । प्रादेश दुुई सरकारको नेतृत्व गरेको मुख्यमन्त्री राउतको चार बर्ष पुुगेको छ, अहिले सम्म मुख्यमन्त्रीले एक चोटी पनि आफुसंग छलफल गरेको छैन, काग्रेस संसदीय दलका नेता तथा राउतकै नेतृत्व सरकार का मन्त्री समेत रहेका यादव भन्छन, यो आफैमा विरोधाभाष जस्तो छ । गत आइतवार सभामुखले वोलाएको बैठकमा पनि आफुुले सरकारमा रहेको सबै दलको एउटा साझा धारणा बनाउनका लागी छलष्फल गर्न मुख्यमन्त्रीलाई सुुझाएको बताउदै यादवले भने, तर पाच दिन वितिसक्दा पनि उहाले अहिले सम्म कुनै चासो देखाउनु भएको छैन ।
नाम र स्थायी राजधानी पारित गर्नका लागि संसदमा दुई तिहाइ बहुमत आवश्यक पर्छ । प्रदेश दुुईमा १०४ सांसद छन । मधेश प्रदेश नामको पक्षमा हाल सम्म ६३ जना सांसद देखिएको छ ।
मधेश प्रदेशको प्रस्ताव दर्ता गराएका सत्ता पक्ष जसपा र माओवादी केन्द्र तथा विपक्षी दल लोसपा सहमत भए पनि तीनै दलको सांसदको संख्या ६३ रहेको छ । यो प्रदेश प्रस्ताव पारित गराउन अझै ७ जना सांसद आवश्यक पर्छ ।
त्यसैगरी नेकपा एमाले र नेकपा समाजवादी जानकी प्रदेशमा सहमत भएकोमा सांसद संख्या २१ मात्र छ । यता मिथिला भोजपुरा प्रदेश प्रस्ताव गरेका कांग्रेसको १९ सांसद रहेको छ भने कांग्रेसकै सांसद राजेश्वरप्रसाद साह ‘मध्य मधेश’को पक्षमा छन् ।
३ माघमा प्रदेश दुुईको प्रदेशसभामा हुने नाम र राजधानी वारेको मतदानमा प्रदेशको नाम पाच ओटा र राजधानीको नाम ३ ओटा प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछ । यी प्रस्तावहरु ८ पुषको प्रदेशसभामा पेश गरिएका प्रस्तावहरु हुन ।
प्रदेशको नाममा ‘मधेश प्रदेश’, ‘जानकी प्रदेश’, ‘मध्य मधेश प्रदेश’ र ‘मिथिला भोजपुरा’ नाम पेश गरिएको छ भने राजधानीको सवालमा एटा जनकपुर र विरगंजको नामा दुई ओटा प्रस्ताव छन ।
‘मधेश प्रदेश’ प्रस्ताव सत्तारुढ दल जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले गरेको छ भने प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले त्यसको समर्थन गरेको छ ।
त्यस्तै अर्का सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट ‘जानकी प्रदेश’ प्रस्ताव पेश गरिएको छ । नेपाली कांग्रेसले भने ‘मिथिला भोजपुरा’ नाम प्रस्ताव गरेको छ भने कांग्रेसकै अर्को प्रदेशसभा सदस्यले ‘मध्य मधेश’ प्रदेश प्रस्ताव पेश गरेका छन् ।
१०४ सांसद रहेको प्रदेश दुईमा सत्तारूढ जसपाका ३८, कांग्रेसका १९ र नेकपा माओवादी केन्द्रका ८ सांसद छन् । एकीकृत समाजवादीका १३ जना सांसद छन् भने एक सांसद संघीय समाजवादी पार्टीको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १६ र नेकपा एमालेका ८ जना प्रदेश सांसद छन । लोसपा र एमाले वाहेक अन्य सबै अहिले प्रदेश दुुईमा सतासहयात्री दल हुन ।