१० केजी चरेस सहित एक महिला विरगंज रक्सौल सिमामा पक्राउ – Madhesh Update

१० केजी चरेस सहित एक महिला विरगंज रक्सौल सिमामा पक्राउ

   January 14, 2022  

लागू अ‍ौषध चरेशसहित एक महीलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको पिपरिया परेवा नगरपालिका-९ बस्ने ४२ वर्षीया रंजुदेवी रहेकी जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

रंजुलाई वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटमा प्रहरीको नियमित चेकिङ टोलीले बुधबार साँझ पक्राउ गरेको थियो। नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाने क्रममा जाँच गर्दा उनको साथबाट १० किलो चरेश फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डीएसपी ओम प्रकाश खनालले महिलाले ढाड, खुट्टामा पहेलो रङको कपडाको डोरीले बाँधी अड्काई राखेको र ज्याकेटको दुवैतर्फको खल्तीबाट चरेशको प्याकेट फेला परेको जानकारी दिए।