प्रदेश २ सरकारद्धारा यो बर्ष ५ माघमा सप्तरीमा बलिदानी दिवस मनाउने निर्णय – Madhesh Update

प्रदेश २ सरकारद्धारा यो बर्ष ५ माघमा सप्तरीमा बलिदानी दिवस मनाउने निर्णय

   January 12, 2022  

सहिद परिवारलाई ३ लाखको दरले आर्थिक सहयोग पनि गर्ने

प्रदेश २ सरकारले यसपटक प्रत्येक वर्ष माघ ५ गते मनाइने बलिदानी दिवस सप्तरीमा मनाउने भएको छ । सो अवसरमा सप्तरीको रंगशालामा वृहत कार्यक्रमको आयोजना गरिने भएको छ ।

सो कार्यक्रममा मधेश आन्दोलनमा सहिद भएका परिवार तथा घाइते भएकालाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । प्रदेश २ सरकारले प्रत्येक सहिद परिवारलाई तीन लाख नगदसहित सम्मान गर्ने प्रदेश २ सरकारका अर्थमन्त्री शैलेन्द्र साहले बताए ।

यस्तै सख्त घाइते भएकालाई तीन लाख, त्यसभन्दा कम घाइतेलाई साढे २ लाख र त्यो भन्दा पनि कम घाइतेलाई दुई लाख र समान्य घाइतेलाई २५ हजार नगदसहित सम्मान गरिने कार्यक्रम समेत छ ।