रौतहटमा एकल महिलामाथि बलात्कार प्रयास, अभियुक्त फरार – Madhesh Update

रौतहटमा एकल महिलामाथि बलात्कार प्रयास, अभियुक्त फरार

   January 11, 2022  

रौतहटको फतुवा विजयपुर नगरपालिका–८ मा एक एकल महिलामाथि बलात्कारको प्रयास भएको छ । घटना ५ दिन अघिको भए पनि मंगलबारमात्र सार्वजनिक भएको प्रहरीले जनाएको छ ।

विजयपुर बजारभन्दा दक्षिण काँटाटोलकी एक एकल महिला माथि सोही ठाउँका २८ वर्षीय आस महमदले बलात्कारको प्रयास गरेको पीडितको भनाइ छ ।

गत २२ गते बिहीबार बजारबाट तरकारी खरिद गरी घर फर्किएपछि आरोपित आस महमद घरभित्रै प्रवेश गरी बलात्कारको प्रयास गरेको र आफू त्यहाँबाट भागेर नजिकै रहेको माइत घरमा पुगेर बच्न सफल भएको उनको भनाइ छ ।

घटनालगत्तै आरोपित आस महमद फरार भएका छन् । ईलाका प्रहरी कार्यलय विजयपुरका प्रमुख एवं प्रहरी निरीक्षक विष्णु विश्वकर्माले घटनाबारे पीडितले जाहेरी दिएको तथा आरोपितको खोजी भइरहेको बताए ।