उपेन्द्र यादवले वोलाएको जसपा कार्यकारणी बैठकमा जम्मा ९ जना उपस्थिती

जनता समाजवादी पार्टी, नेपालमा अध्यक्ष उपेन्द्र यादव र संघिय परिषद बैठकका अध्यक्ष बाबुराम भटराई विच मतभेद बढीरह्दा विवाद पार्टी बहिष्कार सम्म पुुगेको छ । अघिल्लो हप्ता अध्यक्ष यादवले राष्टियसभा उम्मेदवार छान्नका लागी वोलाएको कार्यकारणी समिति बैठकमा जम्मा ९ जना उपस्थित भएको थियो ।
बैठकमा संघिय परिषद बैठकमा अध्यक्ष भटराई र उनी निकट कार्यकारणी समिति सदस्यहरु उपस्थित नभएको जनाएको छ । बैठकले प्रदेश एकमा एक जना र प्रदेश दुुईमा एक जना उम्मेदवारी छानेका थिए ।
पार्टीको निर्णय प्रक्रियामा अध्यक्ष यादवले एक्लौटि गरिरहेको भन्दै भटराई पक्षले अधिकार वाडफाडको मुद्धा उठाए पछि जसपा नेपालमा यादव र भटराई विचमा विवाद वढीरहेको छ ।
संघिय सरकारमा मन्त्री पठाउने निर्णय देखि जसपा सुुरु भएको विवाद कार्यकारणी समिति बैठक सम्मको बहिष्कार चरणमा पुुगे पछि जसपा फुटको वाटोमा अघि वढेको जानकारहरु बताउन थालेको छ ।