सिरहाको धनगढीमाईमा होटलमा आगो लगाएको आरोपमा दुई जना पक्राउ – Madhesh Update

सिरहाको धनगढीमाईमा होटलमा आगो लगाएको आरोपमा दुई जना पक्राउ

   January 7, 2022  

सिरहाको धनगढीमाई नगरपालिका-१० बस्ने ३० वर्षीय गुंजेश्वर साहले सोही नगरपालिका-११ छप्रारीमा सञ्चालन गरेको खुश्बु होटल एण्ड लजमा आगो लगाएको आरोपमा २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा धनगढीमाई नगरपालिका-१२ बस्ने २० वर्षीया लक्ष्मी बराल र विष्णुपुर गाउँपालिका-२ बस्ने १९ वर्षीय धीरज कुमार यादव रहेका छन्। लेनदेनको विषयलाई लिएर उनीहरूले उक्त होटलमा पेट्रोल छर्की आगो लगाएका प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै उक्त घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो। आगलागीबाट होटलका सामान जलेर करिब १ लाख २ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको थियो।