जसपा नेपालमा फेरि फुुटको सम्भावना बढदै – Madhesh Update

जसपा नेपालमा फेरि फुुटको सम्भावना बढदै

   January 5, 2022  

केहि महिना अगाडी मात्रै फुटको मार व्योहोरेको जनता समाजवादी पार्टी, नेपाल पुन फुटको संघारमा पुुगेको नेताहरुले बताएका छन । जसपा स्रोतका अनुुसार वर्तमान सरकारमा सहभागी भए संगै पुर्वप्रधानमन्त्री बाबुराम भटराई र अध्यक्ष उपेन्द्र यादव विचमा मनमुछाव सुुरु भएको थियो । ती मनमुटाव पछिल्लो समयमा थप वलियो हुदै जसपा नै फुट तिर अगाडी वढेको उक्त पार्टी सम्बद्ध नेताहरुले बताएका छन ।

अध्यक्ष यादवले सरकारमा सहभागीताको विषयमा एक्लौटी गरेर पछि जसपामा विवाद वढेको छ । जसपामा यादवले पार्टी समायोजनमा पनि पुर्वप्रम भटराईलाई किनार लगाउन थालेको उनी निकट नेताहरुको दावी छ ।

पुर्वप्रम भटराई निकट जसपा नेता नवराज सुवेदीले गत मंसीर पहिलो हप्ता बसेको बैठकमा यादवले विगतको गल्ती सच्याउन प्रतिवद्धता जनाए पनि त्यस अनुसार काम नगरिरहेको बताए । उनले जसपा अध्यक्ष उपेन्द्र यादव सानो झुण्डमा रमाउने गरेका कारण पार्टीमा समस्या उत्पन्न भएको बताए ।

जसपा विवादमा पुर्वप्रम भटराईलाई पहाडी समुदायका साथ मधेशी नेताहरुको पनि धाप रहेको बताइएको छ । भटराईलाई कृषीमन्त्ती महेन्द्र यादव देखि राजकिशोर यादव हुदै इस्तियाक राई र प्रदीप यादप सम्मको साथ छ । पार्टी भित्र कै विवाद वढीरहेका कारण यादवले सर्लाहीका प्रमोद साहलाई प्रतिनिधीसभा संसदीय दलको प्रमुख सचेतकमा मनोयन गरेको बताइएको छ ।

यादव निकट र प्रदेश दुुईका पुर्वअर्थमन्त्री विजय यादव भने पार्टी बैठकमा आन्त्रिक कुराहरु उठनु स्वभाविक भएको भन्दै पार्टीमा कुनै विवाद नरहेको दावी गरे । उनले पार्टी समायोजनको काम अगाडी वढीरहेको बताए ।

यादवले यसो भने जसपा भित्रियाहरुका अनुसार पुर्वप्रम भटराई र यादव विचको मतभेद विस्तारै पार्टी फुटको वाटोमा अघि वढीसकेको छ ।