सप्तरीमा अज्ञात समुहद्धारा ट्रकमा आगजनी – Madhesh Update

सप्तरीमा अज्ञात समुहद्धारा ट्रकमा आगजनी

   December 31, 2021  

सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ महुली पुलमा शुक्रबार दिउँसो एक ट्रकमा आगजनी भएको छ ।

गिट्टी बोकेर पूर्वतर्फ जादैँ गरेको ना ६ ख ७६२९ नम्वरको ट्रकमा आगजनी भएको हो । आगजनीबाट ट्रकको अगाडीको भाग जलेको छ । ट्रकमा लगाइएको आगो नियन्त्रणका लागि प्रहरी, स्थानियवासी तथा वारुणयन्त्रको मद्दत लिएको थियो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले अज्ञात व्यक्तिले ट्रकमा आगजनी गरेको बताउँदै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।