सीके राउतका १८ कार्यकर्ता रिहा, सिरहामा हटाइयो निषेधाज्ञा

सिरहामा दुई दिनका लागि गरिएको निषेधाज्ञा हटाइएको छ । आज र भोलिका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो। साथै प्रशासनले सीके राउतको जनमत पार्टीका १८ जना नेता तथा कार्यकर्तालाई पनि रिहा गरेको छ ।
प्रशासनले जारी गरेको निषेधाज्ञालाई जनमत पार्टीका कार्यकताहरूले उल्लंघ गरेका हुन् । उनीहरूले आज पनि सडक अवरुद्ध पारेका थिए । उनीहरूले धनुषा र सिरहा जिल्लामा मसाल जुलुससमेत निकालेका थिए ।
प्रहरी भने आज राजमार्ग खुलाउने प्रयासरत थियो। औरही गाउँपालिकाले किसानमाथि दर्ता गराएको मुद्दा खारेज गर्नुपर्ने, पक्राउ परेका किसानलाई रिहा गर्नुपर्ने, औरही गाउँपालिका अध्यक्षले गरेको भ्रष्टाचार छानबिन हुनुपर्ने, किसानलाई समयमा मलखाद उपलब्ध गराउनुपर्ने माग राख्दै जनमत पार्टी आन्दोलनमा उत्रिएका छन् ।