विरगंज स्थित भारतीय महावाणिज्यदुतावासद्धारा अपाङ्गता सम्बन्धमा अन्तक्रिया

विरगंज स्थित भारतीय महावाणिज्यदुतावासले सोमवार अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा, अधिकार र सहयोगका लागि अपाङ्गताका समस्याहरू बुझ्ने उदेश्यले एक कार्यक्रमको आयोजना गरेको छ ।
आजादी का अमृत महोत्सव विशेष सप्ताह अन्तर्गत महावाणिज्यदुतावासले (दिव्यांगता, कानूनी प्रावधान और सामाजिक मानदंड) शीर्षकमा छलफल कार्यक्रम गरेको छ ।
कार्यक्रममा रोटरी क्लब अफ बीरगंजका सदस्य श्री अभिषेक चौधरी, डा आनन्द झा, बालरोग विशेषज्ञ एवंम् रोटरी क्लब अफ बीरगंजका सदस्य, डा शास्वत प्रसाद अर्थोपेडिक सर्जन एवंम् वीरगन्जको रोटरी लिम्ब प्रोजेक्टका प्रमुख, श्रीकृष्ण जी, रक्सौल सुन्दरपुरको लिटिल फ्लावर कुष्ठरोग कल्याणकारी संघका सचिव, श्री जोन थो, रक्सौलमा डंकन अस्पतालको सामुदायिक पुनर्स्थापना परियोजनाका इन्चार्ज, वीरगन्जको मानव सेवा आश्रमका संयोजक सुश्री सानु गुरुङ र भारतका कन्सुल जनरल श्री नितेश कुमार सहभागी थिए ।
कार्यक्रममा सहभागीहरुले आ-आफ्ना संस्थाहरू – मानव सेवा आश्रम, लिटिल फ्लावर कुष्ठरोग संघ, रोटरी क्लब र डङ्कन अस्पताल जस्ता संस्थाहरूले भारत-नेपाल सीमा क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूको उपचार, पुनर्स्थापना र कल्याणमा काम गरिरहेको भूमिका वारेमा वालेका थिए । उनीहरुले अपाङ्गता भएका व्यक्तिलाई समान अधिकार र अवसर सुनिश्चित गर्नका लागि सरकारले बनाएका विभिन्न ऐन–नियमका बारेमा पनि जानकारी दिएका थिए ।
कन्सुल जनरल श्री नितेश कुमारले सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले अपाङ्गता भएका व्यक्तिहरूका लागि भारत सरकार लगायत विभिन्न भारतीय सघ संस्थाहरुले गरिरहेको कार्यक्रम तथा योजनाहरू बारेमा समेत जानकारी दिएका थिए ।