प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश बहुमतले स्वीकृत

प्रदेश २ सरकारले ल्याएको प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धी अध्यादेश ‘प्रदेश प्राविधिक विश्वविद्यालय, २०७८’ बहुमतले स्वीकृत भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकले ‘प्रदेश प्राविधिक विश्वविद्यालय, २०७८’ सम्बन्धी अध्यादेश बहुमतले स्वीकृत गरेको हो ।
प्रदेश सभाको आठौं अधिवेशनको चौथो बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले पेश गरेको ‘प्रदेश प्राविधिक विश्वविद्यालय, २०७८’ सम्बन्धी अध्यादेश बहुमतले स्वीकृत भएको घोषणा सभामुख सरोज कुमार यादवले गरे ।
लोसपा नेपालका प्रमुख सचेतक परमेश्वर साहले उक्त अध्यादेशको विपक्षमा प्रस्ताव पेश गरेका थिए। तर, साहले प्रस्ताव फिर्ता लिएपछि अध्यादेश बहुमतले स्वीकृत भएको हो ।
केही साताअघि प्रदेश सरकारले ल्याएको दुईवटा अध्यादेशमध्ये ‘प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८’ प्रदेशसभामा स्वीकृत भएपछि सरकारले आइतबार अर्को अध्यादेश पेश गरेको हो ।