बर्दिबासमा किशोरीमाथि जबर्जस्तीकरणी प्रयास गर्ने १४ वर्षीय पक्राउ – Madhesh Update

बर्दिबासमा किशोरीमाथि जबर्जस्तीकरणी प्रयास गर्ने १४ वर्षीय पक्राउ

   December 26, 2021  

महोत्तरीको बर्दिबास नगपालिका-९, पशुपतिनगरमा बलात्कार प्रयास गर्न खोजेको आरोपमा एक बालकलाई प्रहरीले पक्राउ गरेको छ ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेका बर्दिबास नगरपालिका-७ मनहरीपुर बस्ने १४ वर्षीय अर्जुन यादवलाई शनिबार चौलीखा प्रहरी चौकीले पक्राउ गरेको हो। घाँस काट्ने क्रममा यादवले ती बालिकालाई बल प्रयोग गरी जबरजस्ती गर्न खोजेका थिए ।

उनलाई जाँच बुझ तथा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिबास पठाइएको चौलिखा प्रहरी चौकीका इन्चार्ज महेन्द्र प्रसाद यादवले जनाए ।