भारत सरकारको सहयोगमा सर्लाही जिल्लामा बन्यो दुुई विद्यालय भवन – Madhesh Update

भारत सरकारको सहयोगमा सर्लाही जिल्लामा बन्यो दुुई विद्यालय भवन

   December 9, 2021  

भारत सरकारको आर्थिक सहयोगमा सर्लाही जिल्लाको पिपरिया, कविलासी–२ स्थित श्री बाल गोविन्द जनता उच्च माध्यमिक विद्यालय र नेत्रगंज,लालबन्दी–१ स्थित श्री जनता माध्यमिक विद्यालयका नयाँ विद्यालय भवन निर्माण सम्पन्न भएको छ ।

नेपाली रुपैया ६९ं.४ लाख र १ करोड ५९ लाख लागतमा निर्माण गरिएका यी दुुई विद्यालयका विहिवार भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य खम्पाले उद्घाटन गरिन । उद्धघाटन कार्यक्रममा स्थानीय प्रतिनिधि, जिल्ला समन्वय समितिका अधिकारी, विद्यालय व्यवस्थापन समिति तथा स्थानीयबासी उपस्थिति भएका थिए ।

श्री बाल गोविन्द जनता उच्च माध्यमिक विद्यालयको स्थापना सन् १९६० मा र श्री जनता माध्यमिक विद्यालयको स्थापना सन् १९६२ मा भएको हो । नेत्रगंजस्थित श्री जनता माध्यमिक विद्यालय व्यवस्थापन र प्राविधिक शिक्षा अध्यापनका लागि पनि उपयोग भइरहेको छ ।

भारत सरकार, नेपाल सरकार र जिल्ला समन्वय समिति सर्लाहीबीच भएको सम्झौता अनुरुप उच्च प्रभाव सामुदायिक परियोजना अन्र्तगत उक्त विद्यालय भवनहरु निर्माण भएको हो ।

सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा हालसम्म ४६१ वटा परियोजनाको निर्माण सम्पन्न भइसकेको छ जसमध्ये सर्लाही जिल्लाका २० गरी प्रदेश २ मा ५८ वटा रहेका छन् ।

यसका साथै भारत सरकारले सर्लाही जिल्लाका विभिन्न स्वास्थ्य चौकीलाई ३८ वटा एम्बुलेन्स र एउटा स्कुल बस समृत उपलब्ध गराएको छ ।