काँग्रेस सर्लाहीको सबै अधिवेशन सम्पन्न, महोत्तरीमा अझै अन्योल – Madhesh Update

काँग्रेस सर्लाहीको सबै अधिवेशन सम्पन्न, महोत्तरीमा अझै अन्योल

   December 9, 2021  

विवादका कारण रोकिएको नेपाली काँग्रेस सर्लाहीको क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । क्षेत्र नम्बर ४ को यसअघि नै घोषणा भइसकेको थियो भने आज क्षेत्र नम्बर १ र २ को घोषणा भएको छ । क्षेत्र नम्बर ३ को मतगणना कार्य जारी रहेको छ ।

काँग्रेसका नेता राजकुमार महतोको अनुसार क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापति हरि लुगेंली भएका छन् भने क्षेत्र नम्बर २ मा कौशल किशोर राय क्षेत्रीय सभापति भएका छन् । दुवै क्षेत्रमा २५–२५ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । त्यसमा देउवा गुटको संख्या बढी रहेको सर्लाहीका एक नेताले बताए ।

महोत्तरीको क्षेत्र नम्बर ३ मा अझै अधिवेशन भएको छैन । त्यहाँका देउवा गुट र पौडेल गुटबीच कुरा नमिलेपछि अधिवेशन अझै सुरु भएको छैन । महोत्तरीका जिल्ला सभापति महेन्द्र यादवले भने, ‘यस्तै विवाद रहिरह्यो भने यहाँ अधिवेशन हुँदैन, भोलि केन्द्रीय महाधिवेशन हुँदैछ, सबै तयारी पुरा भएको छ, प्रतिनिधिहरू काठमाडौैका लागि हिँडिसके तर यहाँ सो क्षेत्रमा अझै विवाद कायम छ ।’