विवाह पञ्चमीमा स्वास्थ्य सतर्कता अपनाएर सहभागी हुन मुख्यमन्त्री राउतको अपिल

विवाह पञ्चमीमा सहभागी हुने श्रद्धालुलाई स्वास्थ्य सतर्कता अपनाउन मुख्यमन्त्री लालबाबु राउतले अपिल गरेका छन् । आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राउतले यस्तो अपिल गरेका हुन् ।
विवाह पञ्चमीमा नेपाल र भारतका लाखौं श्रद्धालु सहभागी हुन्छन् । सोही कारण मुख्यमन्त्री राउतले कोरोनाको जोखिम अझै कायम रहेकाले स्वास्थ्य सतर्कता अपनाएर विवाह पञ्चमीमा सहभागी हुन श्रद्धालु तथा सर्वसधारणमा अपिल गरेका छन् ।
विवाह पञ्चमीको अवसरमा मंसीर २२ गते सार्वजनिक विदा दिएको समेत मुख्यमन्त्री राउतले प्रदेशबासीलाई जानकारी गराएका छन् । उनले त्रेता युगमा माता सीता र भगवान श्रीराम को विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने साताव्यापी विवाह पञ्चमी महोत्सवको अवसरमा सम्पूर्ण हिन्दु धर्मावलम्बीहरूमा शुभकामना व्यक्त गरेका हुन् ।