जसपा नेपालले गठन गर्यो मधेश प्रदेश समिति – Madhesh Update

जसपा नेपालले गठन गर्यो मधेश प्रदेश समिति

   December 1, 2021  

जनता समाजवादी पार्टी, नेपालले मधेश प्रदेश समिति गठन गरेको छ । जसपाको प्रदेश परिषद बैठकले बुधवार मधेश प्रदेश समिति गठन गरेको जसपा नेपालले विज्ञप्ती जारी गरेर जनाएको छ । प्रतिनिधीसभा सासद रामबाबु यादवको अध्यक्षतामा गठन गरेको प्रदेश ससमितिमा रामपृत पासवान उपाध्यक्ष, शम्भु झा उपाध्यक्ष, रामसेवक यादव उपाध्यक्ष, दिनेश कुमार यादव मुख्य सचिव, युसुफ अली सचिव, निरा साह सचिव, शैलेस कुमार साह सचिव र रेणु यादव कोषाध्यक्ष रहेका छन ।

केहि समय अघि जनकपुरमा पार्टी अध्यक्ष उपेन्द्र यादव सहित प्रदेश दुुईका केन्द्रिय नेताहरु सहित जसपाको मधेश समितिको बैठक चलेको थियो । प्रदेश कमिटी गठनमा विवाद उत्पन्न भए पछि प्रदेश परिषदलाई उक्त जिम्मा दिइएको छ ।

यस अघि निर्वाचन प्रक्रिया वाट मधेश प्रदेशका अध्यक्ष विजय यादव कार्यकारणी समिति सदस्य रहेकाले र पार्टी एकिकरण पछि समायोजन पनि गर्नु पर्ने भएकाले नयां समिति बनाउनु परेको बताएका थिए । जनकपुरमा बसेको बैठकले एक व्यक्ति एक पदको अवधारणा पनि लागु गरेको थियो ।

बुधवार नयां कमिटी गरेर पद प्रदेश दुुईका मन्त्री समेत रहेका विजय यादवले पद हस्तानान्तरण गरेका छन । नव गठित मधेश प्रदेश समितिका अध्यक्ष रामबाबु यादव बारा जिल्ला वाट गत निर्वाचनमा प्रतिनिधीसभा तर्फ प्रत्यक्ष निर्वाचित भएका थिए ।