रौतहटमा विद्युत चोरी गरेको आरोपमा ७ जना प्रहरीको नियन्त्रणमा – Madhesh Update

रौतहटमा विद्युत चोरी गरेको आरोपमा ७ जना प्रहरीको नियन्त्रणमा

   November 30, 2021  

रौतहटको कटहरिया र देबाही गोनाही नगरपालिकामा हुकिङ गरेर विद्युत चोरी गरेको आरोपमा ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मौलापुर वितरण केन्द्रको चुहावट नियन्त्रण टोली , इलाका प्रहरी कार्यालय गरुडा, सशस्त्र बेस क्याम्प देबाही र सशस्त्र बेस दुधियभारको संयुक्त टोलीले हुकिङ गरी विद्युत चोरी गरिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताए ।

विद्युत चोरी गर्न उनीहरुले प्रयोग गरेको २ थान मोटरलगायत टोलीले बरामद गरेको छ । उनीहरुलाई नियमानुसार जरिवाना गराइने बताइएको छ ।