भारतको संबिधान दिवसको अवसरमा विरगंज छलफल कार्यक्रम – Madhesh Update

भारतको संबिधान दिवसको अवसरमा विरगंज छलफल कार्यक्रम

   November 27, 2021  

भारतको संबिधान दिवसको अवसरमा शुक्रवार विरगंजमा भारतीय महावाणिज्य दूतावासले लोकतंत्र के विशेष संदर्भ में शासन में संविधान की प्रासंगिकता विषयमा छलफल कार्यक्रम गरेको छ ।

आजादी का अमृत महोत्सव कार्यक्रम अन्र्तगत विरगंजको क्लार्क्स रिसोर्ट्समा आयोजना गरिएको कार्यक्रममा मोनिका सिंह, सुरेश कुमार, लक्ष्मी कर्ण, रामेश्वर सेढाई, विनोद गुप्ता, पन्नालाल गुप्ता, प्रोफेसर अनिल कुमार सिन्हा, जगदीश शर्मा, र भारतीय कन्सुल जनरल नितेश कुमारले आ आफनो धारणा राखेका थिए ।

छलफलमा भारतीय संविधानका विशेषताहरू तटस्थता, समावेशीता, परिमार्जनशीलता, प्रगतिशीलता, शक्ति पृथकीकरण, सरकारको कर्तव्य र नागरिकको मौलिक अधिकारको संरक्षणको प्रत्याभूति सहितको विषयमा चर्चा भएको थियो ।बलियो लोकतन्त्रको संविधानले यसका तीन खम्बा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा नियन्त्रण र सन्तुलन राख्ने र यसले लोकतन्त्रको फलिफाप र सफलता सुनिश्चित गर्ने छलफलका सहभागीहरुले जोड दिए ।

भारतीय कन्सुलेट नितेश कुमारले विभिन्न र जानकारीमूलक विचारका लागि सहभागीहरूलाई धन्यवाद दिए।