जनमतको भ्रष्टाचार विरुद्ध प्रदर्शन – Madhesh Update

जनमतको भ्रष्टाचार विरुद्ध प्रदर्शन

   November 27, 2021  

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले शुक्रबार जनकपुर सहितका मधेशका जिल्लाहरुमा रंगभेद तथा भ्रस्टाचार विरुद्ध प्रदर्शन गरेका छन् ।

रंगभेद विरुद्ध एकता दिवसको अवसरमा जनमत पार्टीका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् । मधेशी क्रान्ति चोकबाट भ्रष्टाचार विरुद्ध नाराबाजी गर्दै निस्केको जुलुश नगर परिक्रमा गर्दै पुनः मधेशी क्रान्ति चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोण सभामा पार्टीका राष्ट्रिय उपाध्यक्ष बसन्त कुशवाहाले भ्रस्टचारीलाइ जेल नहाले सम्म मुलुक समृद्ध नहुने बताएका छन् । केन्द्रीय सदस्य एवं केन्द्रीय प्रकाशन विभाग प्रमुख ललित कुमार मल्लिक शानुले मुलुकमा रंग , जात जाति धर्म , समुदाय वर्ग लिङ्गको आधारमा विभेद हुने गरेकोले विभेदको अन्त्य नभए सम्म समता मुलक समाजको निर्माण हुन् नसक्ने बताए ।