मौलापुर नगरपालिकाद्वारा सामुदायिक रेडियो सञ्चालन – Madhesh Update

मौलापुर नगरपालिकाद्वारा सामुदायिक रेडियो सञ्चालन

   November 23, 2021  

मौलापुर नगरपालिकाले सामुदायिक रेडियो मौलापुर सञ्चालनमा ल्याएको छ । मौलापुर एफ एम १००.७ मेगाहर्ज मौलापुर नपा को वडा नम्बर ५ को कार्यालय भवनमा सुरु गरिएको हो । मेयर रिना कुमारी साहले सोमबार साँझ एक कार्यक्रमबीच एफएमको उद्घाटन गरिन् ।

उद्घाटन कार्यक्रममा उनले रेडियोमा शिक्षा, रोजगार, कृषि र स्वास्थ्य सँग सम्बन्धी कार्यक्रमलाई बढी जोड दिन आग्रह गरेकी थिइन।

उक्त अवसरमा मौलापुर नगरपालिकाका उपमेयर गौरी शंकर जयसवाल, प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, मौलापुर नपाका वडा नम्बर ५ का वडा अध्यक्ष बहिदार राउत कुर्मी ,चन्देश्वर बैठा आदिले स्वागत मन्तव्य राख्दै रेडियो को प्रगतिको कामना गरेका थिए ।