प्रदेशमन्त्री रामसरोज यादवद्वारा प्रदेश २ को कांग्रेस सभापतिको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले प्रदेश सभापतिमा उम्मेदवारीको घोषणा गरेका छन् ।
जनकपुरस्थित मधेस भवनमा रहेको सरकारी निवासमा पत्रकार सम्मेलन गरेर प्रदेश सभापतिमा उम्मेदवारीको घोषणा गरेका हुन् । पटक पटक धनुषा सभापति बनेका उनले आफू २९ वर्षदेखि पार्टीमा सक्रिय रुपमा रहेको बताए ।
हालसम्म विभिन्न आन्दोलनमा ६ पटक करिब चार वर्ष जेल जीवन बिताएका यादवले भने, ‘जतिबेला २ जनालाई सक्रिय सदस्य बनाउनु सगरमाथा चढ्नुभन्दा ठुलो थियो । त्यतिबेला पनि संगठन निर्माण गरेको छु । त्यसैले म विश्वास दिलाउन चाहन्छु९ प्रदेश सभापति बनेपछि पहिलो पार्टी बनाउछु ।’उनले प्रदेश सभापति बनेपछि जनकपुरमा रहेको करिब ६ कट्ठा जग्गामा प्रदेश पार्टी कार्यालयको भवन बनाउने पनि बताएका छन् ।