रौतहट कारागारमा एक कैदीद्वारा आत्महत्या – Madhesh Update

रौतहट कारागारमा एक कैदीद्वारा आत्महत्या

   November 17, 2021  

रौतहट सदरमुकाम गौरमा रहेको कारागारमा बन्दी जीवन बिताइरहेका एकजनाले आत्महत्या गरेका छन् । अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा कैदी जीवन बिताइरहेका देवाही गोनाही नगरपालिका ७ का लडाई साह तेलीले आत्महत्या गरेको रौतहटका सिडिओ कृष्ण बहादुर शाहीले जानकारी दिए ।

झुण्डिएको अवस्थामा फेला परेका उनलाई उपचारको लागि जिल्ला अस्पताल गौरमा लगिएकामा डाक्टरले बुधबार दिउँसो २ बजे मृत घोषणा गरेको शाहीले जानकारी दिए ।

उनीमाथि जिल्ला अदालत रौतहटले २१ बर्षको सजाय तोकेको थियो । उनी २०७६ वैशाख ४ गतेदेखि कैदमा रहेका थिए । घटनाको सन्दर्भमा अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले जानकारी दिए ।