रौतहटको कटहरिया १२० छात्रालाई निशुःल्क साइकल वितरण – Madhesh Update

रौतहटको कटहरिया १२० छात्रालाई निशुःल्क साइकल वितरण

   November 16, 2021  

रौतहटको कटहरियास्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा एक समारोहका बीच मेयर सियाराम कुश्वाहाले १२० छात्रालाई निशुल्क साइकल वितरण गरेका छन् ।

प्रदेश २ को ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रममा मेयर कुश्वाहा, नगर प्रवक्ता चन्दन कुश्वाहा र प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले उक्त साइकल वितरण गरेका हुन् ।

श्री जनता उच्चमावि कटहरियाका प्राचार्य योगेन्द्र कुश्वाहाको अध्यक्षतामा सम्पन्न साइकल वितरण समारोहमा स्थानीय विभिन्न राजनीतिक दलका नेता, शिक्षक तथा छात्र छात्राहरुको सहभागिता रहेको थियो ।