प्रधानन्यायाधीशको राजीनामा माग्दै जनकपुरमा कानुन व्यवसायीको धर्ना – Madhesh Update

प्रधानन्यायाधीशको राजीनामा माग्दै जनकपुरमा कानुन व्यवसायीको धर्ना

   November 14, 2021  

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै धनुषाका कानुन व्यवसायीले धनुषा जिल्ला अदालतको मुल ढोकामा धर्ना दिएका छन् । नेपाल बार एशोसिएशन जनकपुरले पूर्व निर्धारित कार्यक्रम अनुसार आइतबार बिहान ११ः३० देखि एक घन्टासम्म धनुषा जिल्ला अदालतको मुल ढोकामा धर्ना कार्यक्रम आयोजना गरेको हो ।

नेपाल बार एशोसिएशन जनकपुरका अध्यक्ष किशोरी साहले न्यायाधीश हरिकृष्ण कार्कीले बुझाएको प्रतिवेदन लागु गर्नुपर्ने बताए । बार एशोसिएशन केन्द्रीय समितिको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै आफूहरुले धर्ना दिएको उनको भनाइ थियो ।

उनले तीन दिनसम्म एक घन्टे धर्ना कार्यक्रम जारी रहने बताए । कानुन व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर धर्ना दिएका थिए ।