प्रधानन्यायाधीशको राजीनामा माग गर्दै रौतहटका वकिल पनि आन्दोलित – Madhesh Update

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै रौतहटका वकिल पनि आन्दोलित

   November 14, 2021  

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले थालेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै रौतहटका कानुन व्यवसायीहरु पनि आन्दोलित भएका छन ।

नेपाल वार एसोसिएसन रौतहटका अध्यक्ष राजाराम यादवको नेतृत्वमा जिल्लाका सवै कानुन व्यवसायी आईतवार विहान १० बजे देखि हातमा कालो पट्टी बाँधेर आन्दोलित भएका हुन्। सवै कानुन व्यवसायी २ घण्टाका लागि विहान १० बजेदेखि दिउँसो १२ बजे सम्म रौतहट जिल्ला अदालत परिसरमा आन्दोलनको कार्यक्रम अनुसार धर्ना बसेको अध्यक्ष यादवले जानकारी दिए ।