सीके राउतका कार्यकर्तालाई कारवाहीको माग गर्दै ज्ञापनपत्र – Madhesh Update

सीके राउतका कार्यकर्तालाई कारवाहीको माग गर्दै ज्ञापनपत्र

   October 24, 2021  

सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरमा ईन्जिनियर राजेश कुश्वाहामाथि दुर्व्यवहार गरेको विरोधमा रौतहटका ईन्जिनियरहरुले प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीलाई ज्ञापनपत्र बुझाएका छन् ।खानेपानी आयोजना कार्यालय जनकपुरका प्रमुख ई। कुशवाहा लगायतका कर्मचारीमाथि सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले कार्तिक ४ गते जनकपुरमा दुर्व्यवहार गरेका थिए ।

ज्ञापनपत्रमा राष्ट्रसेवक कर्मचारीमाथि गरिएको दुर्व्यवहार निन्दनीय हुनुको साथै समाज र देशमा उद्दण्डता, अराजकताको पराकाष्टा भएको उल्लेख छ । देश विधिको शासनमा चल्ने र सो विधिलाई पालना गर्दै जनसेवामा दिनरात खटिएका राष्ट्र सेवक कर्मचारीप्रतिको अमर्यादित अकल्पनीय घटनामा संलग्न असामाजिक तत्वहरूलाई तत्काल गिरफ्तार गरी देशमा स्थापित कानुनको अनुभूति गराइ कडाभन्दा कडा कारवाहीको माग पनि गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी शाहीले नेपाल सरकारका कर्मचारीमाथि कसैले दुर्व्यवहार गर्न खोजेमा कानुनी कारवाहीको दायरामा ल्याउने प्रस्ट पारेका छन् ।