स्रोत नखुलेको १ लाख ८० हजार भारतीय रुपैयाँसहित रौतहटबाट एक पक्राउ – Madhesh Update

स्रोत नखुलेको १ लाख ८० हजार भारतीय रुपैयाँसहित रौतहटबाट एक पक्राउ

   October 22, 2021  

रौतहटबाट स्रोत नखुलेको १ लाख ८० हजार भारतीय रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ईशनाथ नगरपालिका-१ बन्जरहाबाट बिहारस्थित शिवहर ग्रामका २२ वर्षीय सुशिल कुमार साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बन्जराहस्थित बकैया खोलाको बाँधमा सिमा प्रहरी चौकी बन्जरहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नेपालतर्फ आउँदै गरेका साहको साथमा स्रोत नखुलेको रकम फेला पारेको थियो ।

साहलाई बरामद भारतीय रुपैयाँ सहित थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।