एक महिना भित्र जनकपुर-जयनगर रेल संचालनमा आउदै – Madhesh Update

एक महिना भित्र जनकपुर-जयनगर रेल संचालनमा आउदै

   October 20, 2021  

जनकपुर-जयनगर रेल सेवा एक महिना भित्र संचालनमा आउने भएको छ । भारत सरकारले निर्माण गरिदिएको र रेल सेट समेत नेपाल आइसकेको महिनौ भइसक्दा पनि सुचारु हुन सकेको थिएन । रेल सेवा सम्बद्ध अधिकारीहरुका अनुुसार अवको एक महिना भित्रै रेल सेवा भारतको जयनगर देखि जनकपुरको कुुर्था सम्म संचालन हुदै छ ।

जसका लागी प्राविद्यिक कामहरु सबै सकिएको र केहि हप्त अगाडी मात्रै भारतले नेपाल सरकारलाई त्यसको हस्तानान्तरण गरिसकेको छ ।

गत ६ अक्टुवारमा भारतको नयां दिल्लीमा नेपाल र भारतबीच सम्पन्‍न पाँचौँ क्रस बोर्डर रेल लिंक बैठकले ३४ किलोमिटर लामो जयनगर(कुर्था रेलमार्ग सञ्‍चालनको मापदण्डमा समेत हस्ताक्षर भइसकेको छ ।

दिल्लीमा भएको उत्त बैठकमा नेपालवाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा र भारतवाट रेलवे मन्त्रालयका ट्राफिक ट्रान्सपोर्टेसनतर्फका कार्यकारी निर्देशक डा मनोज सिंह नेतृत्वको टोली सहभागी भएका थिए ।

उक्त हस्ताक्षर पश्चात नेपार र भारत दुवै पक्ष अव कसरी रेल संचालनमा ल्याउने र कुन मिती देखि कसरी उद्धघाटन गर्ने भन्ने वारेमा आन्तरिक बैठकहरु तीव्ररुपमा गरिरहेका छ । आउदो शुक्रवार भारतीय पक्ष र भौतिक मन्त्री रेणु यादवको विचमा बैठक समेत राखिएको छ । उक्त बैठकमा रेल संचालन, हस्तानान्तरण र उद्धघाटन वारेमा छलफल हुन लागेको बताइएको छ ।