जनकपुरमा लोसपा सम्बद्ध युवाहरुद्धारा चिन विरुद्ध प्रर्दशन – Madhesh Update

जनकपुरमा लोसपा सम्बद्ध युवाहरुद्धारा चिन विरुद्ध प्रर्दशन

   October 4, 2021  

लोसपा नेपाल निकट युवा संघले जनकपुरमा आज चिन विरुद्ध प्रर्दशन गरेको छ । चिनले नेपाली भुमी मिचेको भन्दै उनको बिस्तारवाद नितिको विरुद्ध शान्तिपुर्ण आन्दोलन गरेको लोसपाका युवा नेता रँजित निस्पक्षले जनाएका छन ।

नेपालको ७ जिल्लाको ११ ठाँउमा चीनद्वारा बिस्तारबाद अन्तर्गत नेपालको हुम्ला जिल्लाको लाप्चा सहित विभिन्न जिल्ला र विभिन्न ठाउँको नेपालको भूमि अतिक्रमण गर्नुको साथै हुम्लाको १२ नम्बरको पिलर पहिलाकै स्थानमा कायम गर्न र अतिक्रमित जग्गा अबिलम्ब फिर्ता गर्न, गराउन बिरोध गरिएको नेता निस्पक्षले बताएको छ ।

नेपाल सरकारले बनाएको समितीले बुझाएको प्रतिवेदन सार्वजनिकको मांग राखि नेपाली भुमी अतिक्रम गर्न पाइदैन मुल नाराको साथ आज बिरोध प्रदर्शन गरिएको छ ।

चिनमा पढिरहेको विद्यार्थीलाई ईन्टरन सीप नगाराइ स्वदेश पठाइ वेवारिसे छोडिने चिन सरकारको नीति र नियत नेपाल प्रती खोट रहेको र अबिलम्ब यस्ता प्रवृतिलाई चाइनिज सरकारले सुधार गर्नु पर्ने र फिर्ता लिन आग्रह गरिएको छ । नभए आन्दोलन रुप भयावह हुने चेतावनी समेत दिएको छ । युवा नेता प्रशान्त झा, सुमन यादव, नेता सोनुको अगुवाइमा बिरोधि प्रदर्शन गरिएको छ।