अख्तीयारको दुुई पत्रको जवाफ नदिए पछि प्रदेश दुुईको मुुख्यमन्त्रीको कार्यलयमा छापा – Madhesh Update

अख्तीयारको दुुई पत्रको जवाफ नदिए पछि प्रदेश दुुईको मुुख्यमन्त्रीको कार्यलयमा छापा

   October 4, 2021  

प्रदेश दुुईको मुुख्यमन्त्री लालबाबु राउतको कार्यलयमा अख्तीयारले छापा मारेको विषयमा तराई मधेशमा चर्चाको मुख्य विषय हो । आफनो कार्यलयमा छापा मारे पछि मुख्यमन्त्री राउतले अख्तीयारले छापामार शैलीमा गलत ढंगले छापा मारेको आरोप लगाएका थिए । तर अख्तीयार स्रोतका अनुसार छापा मानु भन्दा पुर्व बर्दीबास कार्यलयले दुुई पटक मुख्यमन्त्री कार्यलयलाइ पत्र पठाएका थिए । तर राउत र उनको कार्यलयले त्यसको जवाफ पठाएका थिएन ।

बेटि पढाउ बेटि बचाउ अभियानमा अनियमिता भएको उजुरी आयोग केहि महिना अघि नै परेको थियो । आयोगमा उजुरी परे पछि त्यसवारेमा जानकारी गराउन अख्तीयारले मुख्यमन्त्री कार्यलयलाई दुुई पटक पत्र पठाए पनि त्यसको जवाफ उनीहरुले पाएन ।

मुुख्यमन्त्री कार्यलयले अख्तीयारको पत्रको जवाफ नपठाए पछि मात्रै गत हप्ता छापा मारेर उक्त अभियान संग सम्बन्धीत सम्पुर्ण कागजातहरु जफत गरेको जनाएको छ ।