हामी आफनो माग र मुद्धामा अडिग छौ -महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले आफुहरुको प्राथकितामा नरहेको जिकिर गर्दै आफुहरु आफनो माग र मुद्धामा अडिग रहेको दाबी गरेका छन । राजविराजमा आज विहान भएको पत्रकार सम्मेलनमा बोल्दै ठाकुरले आफुहरु जहिले पनि सरकारको कुरा आउदा माग र मुद्धालाई संगै राखेर हेर्ने गरेको पनि दावी गरेका छन । उनले राजनितीह दल भए पछि सरकार सत्तामा नजाने कुरा जायज नभए पनि आफुहरु मुद्धाका कारण राजनिती गरिरहेकाले मुद्धा बिर्सेर सरकारमा कहिल्यै नगएको ठोकुवा गरेका छन । उनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा संग सतावारेमा कुनै पनि कुराकानी नभएको पति प्रष्टिकरण दिएका छन । ठाकुरले आफुहरु देउवा प्रधानमन्त्री भए लगत्तै आफुहरु भेटेर आफुहरुले उठाउदै आएको माग र मुद्धाको सम्बोधन गर्नु पर्ने वारेमा जानकारी गराएको पनि बताए । उनले लोसपा अहिले सरकारमा जाने सम्भावना पनि तत्काल नरहेको बताए ।
उपेन्द्र यादवसंग अव कार्यगत एकता पनि गर्न गाहे छ-राजेन्द्र महतो
पत्रकार सम्मेलनमा लोसपाकै वरिष्ठ नेता राजेन्द्र महतोले चुनावताका अन्य दलहरु संग सिटको तालमेलको आधारमा सहकार्य गरिसक्ने सम्भावना रहे पनि उपेन्द्र यादव नेतृत्वको जसपा संग अव आफुहरु सहकार्य नगरिने बताएका छन । महतोले आफुहरुले मधेशमा एउटै पार्टी बनाउने उदेश्यले यादवको पार्टी फुटिरहेको वेला एकिकरण गरेको तर यादवले त्यही पार्टी फुटाउनका लागी निर्वाचन आयोगमा दरखास्त दिएको आरोप लगाए । महतोले यादवले मधेशलाई पटक पटक विभाजन गरेको आरोप लगाउदै मधेशी जनताले त्यसको ढण्ड दिनेमा आफुहरु विश्वसत रहेको पनि बताए ।
महतोले आफुहरुले गठन गरेको लोकतान्त्रिक समाजवादी पार्टी मधेश सहित सम्पुर्ण सिमान्त्कृत समुदायको हक अधिकारको पक्षमा जहिले पनि अडान लिइरुह्ने बताउदै आवश्यक परेमा पुन आन्दोलनमा जान सक्ने बताए ।