सञ्जय साहको जन्मकैद सजाय उच्च अदालत जनकपुरले उल्ट्यायो – Madhesh Update

सञ्जय साहको जन्मकैद सजाय उच्च अदालत जनकपुरले उल्ट्यायो

   October 4, 2021  

साढे ९ वर्षअघि जनकपुरको रामानन्द चोकमा भएको बम बिस्फोट घटनामा जन्मकैदको सजाय पाएका सञ्जय साहको सजायलाई उच्च अदालत जनकपुरले उल्ट्याएको छ। जन्म कैदलाई घटाएर सात वर्ष मात्र सजाय हुने फैसला गरिएको छ।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय रमेश ढकाल र धीर बहादुर चन्दको संयुक्त इजलासले आज आइतवार अबेर राति उक्त फैसला गरेको एक कानून व्यवसायीले जानकारी दिए । गत आइतबारदेखि नै हेर्दाहेर्दैमा रहेको उक्त मुद्दाको फैसला राय किताबमा राति ८ बजे न्यायाधीशद्वयले लेखेका थिए ।

बम विस्फोटमा परेर ५ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएको थियो। यसअघि उक्त मुद्दामा धनुषा जिल्ला अदालतले साहलाई जन्म कैदको सजाय सुनाएको थियो। उनी हाल नख्खु स्थित कारागारमा छन्। ज्यान मार्ने उद्योगमा ७ वर्षको सजाय र कर्तव्य ज्यान मुद्दामा मुख्य कसूरवार नभएर षडयन्त्रकारीको रुपमा मात्रै सजाय निर्धारण गरिएको छ।