विभेख पुर्णरुपमा नहटे सम्म संघषै जारी रह्ने-महन्थ ठाकुर – Madhesh Update

विभेख पुर्णरुपमा नहटे सम्म संघषै जारी रह्ने-महन्थ ठाकुर

   October 2, 2021  

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संघीयतापछि कैयौँ सरकार फेरिए पनि मधेसी जनतासँगको विभेद र अन्याय कायमै रहेको बताएका छन् ।

अध्यक्ष ठाकुरले मधेसी जनतासँगको विभेद अन्त्य नभएसम्म आफूहरूको संघर्ष जारी रहने बताए। जनकपुरको जिरोमाइल युवा कमिटीको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा शनिबार अध्यक्ष ठाकुरले संविधानमा गरिएको विभेद अन्त्य नभएसम्म सडक र सदन दुवैबाट संघर्ष जारी राख्ने बताए ।

उनले मधेस आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएका झुटा मुद्दा, नागकिता विधेयक, मधेस आन्दोलनका कतिपय मुद्दा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतमा रहेकाले फिर्तालगायत माग पूरा नभएसम्म संघर्ष जारी नै रहने बताए ।

ठाकुरले सरकारमा जानु ठूलो कुरा नरहेको भन्दै उनले आफूहरूको माग र मुद्दा सम्बोधन गर्ने कुनै पनि सरकारमा जान तयार रहेको बताए ।