अख्तीयारले छापा मारे पछि प्रदेश दुुईको मुुख्यमन्त्री लालबाबु राउत राजिनामा दिनु पर्ने भन्दै प्रर्दशन – Madhesh Update

अख्तीयारले छापा मारे पछि प्रदेश दुुईको मुुख्यमन्त्री लालबाबु राउत राजिनामा दिनु पर्ने भन्दै प्रर्दशन

   September 30, 2021  

वुधवार बेटि पढाउ बेटि बचाउ अभियानमा अनियमितता भएको भन्दै आशंकामा अख्तीयार ले प्रदेश दुुईको मुख्यमन्त्रीको कार्यलयमा छापा मारेर कागजातहरु नियन्त्रणमा लिए पछि प्रदेशको विभिन्न ठाउमा आज युवाहरुले प्रर्दन गर्दै मुख्यमन्त्रीको राजिनामा माग गरेका छन ।

प्रदेश सरकार प्रति प्रदेशमा व्यापक असन्तुष्टि देखिएको वेला अख्तीयारले छापा मारे पछि विहिवार वारा, पर्सा, धनुुषा सहितका जिल्लामा युवा विद्यार्थीहरुले प्रर्दशन गर्दै मुुख्यमन्त्री राउतले राजिनामा दिनुपर्ने माग गरेका छन ।

बारामा लोकतान्त्रिक समाजवादी बिद्यार्थी संघको अध्यक्ष सन्तोष यादवको नेतृत्वमा सदरमुकाम कलैयामा नैतिकताको अधारमा प्रदेस २ को मुख्यमन्त्रीको राजिनामा माग गर्दै प्रदर्शन भएको थियो भने अन्य जिल्लाहरुमा पनि मुुख्यमन्त्री राउतको राजिनामा माग सहित प्रर्दशनहरु भएका छन ।