अख्तीयारले छापा मारेको प्रदेश दुुईको बेटि पढाउ बेटि बचाउ अभियान के हो ? – Madhesh Update

अख्तीयारले छापा मारेको प्रदेश दुुईको बेटि पढाउ बेटि बचाउ अभियान के हो ?

   September 29, 2021  

वुधवार अख्तीयार आयोगको बर्दीवास शाखाले प्रदेश दुुईको मुख्यमन्त्री कार्यलयमा छापा मारेर बेटि पढाउ बेटि बचाउ अभियान संग सम्बन्धित सबै कागजातहरु जफत गरेका छन । अख्तीयारको यो छापा पश्चात सबैत्र चासोको बिषय बन्न पुगेको छ प्रदेश दुुई सरकारको यो अभियान आखिर के हो ?

फागुन ०७४ मा प्रदेश दुुईको मुख्यमन्त्रीको रुपमा सपथ लिए पछि जसपा नेता लालबाबु राउतले आफनो सबै भन्दा महत्वपुर्ण कार्यक्रम भनेर घोषणा गरेका थिए बेटि पढाउ बेटि बचाउ अभियान । भारतको बिहार सरकारसंग हुवहु मिल्ने गरि राउत नेतृत्वको प्रदेश दुुई सरकारको यो कार्यक्रमको तराई मधेशमा प्रशसा नै भयो । तर सुरु देखि नै नै राउत सरकारले यो कार्यक्रम प्रदेशको कुनै मन्त्रालयमा नराखीकन आफनै मातहातमा राखे । जसको केहि विरोध पनि भयो तर राउतले यो कार्यक्रम मेरो नेतृत्व सरकारको प्राथमिकताको कार्यक्म भएकाले राम्रो संग अगाडी वढोस भनेर आफुले आफनै मातहातमा राखेको प्रष्टिकरण दिए ।

समाजिक सुधारका लागी यत्रो महतवपुर्ण कार्यक्रम मुख्यमन्त्रीले ल्याए पनि केहि समय मै उनी केहि प्राइभेट बैकहरलाइ त्यसमा जोडेका थिए । त्यतीवेलै प्रदेश सरकारको आफनो वजेट हुदा हुदै कि करपोरेट अफिसहरुलाइ यसमा निम्तायो भनेर केहि आलोचना भएको थियो । तर राउतले त्यसलाई वास्ता गरेन । वरु उनले त्यसलाइ आफनो पार्टी हितमा प्रयोग गर्ने रणनिती अपनाए । अभिउानका लागी प्रदे दुुईको हरेक जिल्लामा एक जना सम्वयकर्ता नियुक्त भयो भने मुख्यमन्त्रीको कार्यलयमा रहने गरि एउटा छुटै नयां टिम नै बन्यो । राउतले त्यसमा पुरे आफना पार्टीका स्थानिय नेता कार्यकर्तालाई नियुक्त दिए । जिल्लाहरुको संयोजकमा यत्ति सम्म भयो कि तात्कालिन समाजवादी पार्टीका जिल्लाहरु अध्यक्षहरुले उक्त तलबी नियुक्ती पाए । मुख्यमन्त्री कार्यलयको टिममा पनि पुरै समाजवादी पार्टीका नेताहरुको भर्ती केन्द्र बन्यो यो अभियान ।

बेटि पढाउ बेटि बचाउ अभियानको मुख्यतह दुुई ओटा काम तोकियो । एउटा प्रदेश दुुईका नागरिकको छोरी जन्म लियो भने सरकारले त्यसको बिमा गरिदिने, अर्को प्रदेश भित्रको विद्यालयमा छात्राहरु लाइृ अध्यानमा प्रोत्साहन गर्ने उदेश्यले साइकल वाडने । सिमावर्ती भारतीय विहार राज्यमा पनि यही कार्यक्रलाइ लिएर त्याहाका मुख्यमन्त्री नितेश कुमारको व्यापक चर्चा र प्रशंसा भएको थियो । तर याहा राउतको सरकार त्यो हुन सकेन । विद्यालयहरुमा साइृकल वाडदा सुरु देखि राजनितक प्रभाव देखिन थाल्यो । जसको आलोचना भए पनि उनले खासै वास्ता गरेन ।

तर बुधवार अख्तीयारले छापा मार्नुको मुख्य उदेश्य साईकल खरीदमा व्यापक अनियमिता हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर कागाजत लिएको छ । बर्दिबासस्थित अख्तियारको कार्यालयबाट गएको टोलीले कार्यालयबाट कागाजत नियन्त्रणमा लिएर फर्किएको छ । छात्रालाई बाँड्न किनेको साइकलमा अनियमितता भए पाइएपछि अख्तियारको टोलीले कार्यालयमा छापा मारेको हो ।

प्रदेश दुुई सरकारले अहिले सम्ममा दुई चरणमा गरी २७ हजार २ सय ६२ थान साइकल खरिद गरेको थियो । दुवै चरणमा एकैखाले साइकल किनिए पनि मूल्य भने फरक छ । कार्यालयका अनुसार पहिलो पटक प्रतिसाइकल ६ हजार ४ सय ३२ रुपैयाँ मूल्य परेको थियो । दोस्रो पटकमा ८ हजार ४ सय ४६ रुपैयाँ भुक्तानी भएको छ, जुन अघिल्लो पटकको भन्दा प्रतिसाइकल २ हजार १४ रुपैयाँ बढी हो ।

पहिलो चरणमा १७ हजार २ सय ६२ थान साइकल खरिदका लागि ११ करोड १० लाख २९ हजार ९ सय ५८ रुपैयाँ र दोस्रो पटक १० हजार साइकल खरिद गर्दा ८ करोड ४४ लाख ६७ हजार ५ सय रुपैयाँ भुक्तानी भएको देखिएको छ । अघिल्लोको तुलनामा दोस्रो पटक २ करोड १४ लाख रुपैयाँ बढी खर्चेको कार्यालयले जनाएको छ ।

साइृकल खरीदका लागी टेन्डर आह्वान गरिए पनि आपूर्तिकर्ता भारतीय सप्लायर्ससँग मिलेर सोझै खरिद गरिएको जनाइएको छ । फर्मको नाम सार्वजनिक गरिएको छैन । साइकल खरिदको सूचना, मापदण्ड, छनोट भएका सप्लायर्सबारे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रक्रिया पूरा गरेरै साइकल खरिद भएको दाबी गर्दै आएको छ ।

पहिलो चरणमा खरीद गरिएको १७ हजार साईकल वितरण गरिए पनि दोसैो चरणमा खरीद गरिएको १० हजार भन्दा वढी साईकल अहिले सम्म गोदाममै थन्एिको छ ।

पहिलो चरणको साईकलहरुमा सप्तरीका ३३ विद्यालयमा १ हजार ४ वटा, सिरहाका ४० विद्यालयले १ हजार ५ सय ५१, धनुषाका ६९ विद्यालयमा २ हजार ९ सय ६५, महोत्तरीका ५६ विद्यालयमा २ हजार १ सय ९१ वटा साइकल वितरण गरिएको छ । यस्तै, सर्लाहीका ५२ विद्यालयमा २ हजार ३ सय ६६ वटा, रौतहटका ६९ विद्यालयमा २ हजार ८ सय ७४, बाराका ५५ विद्यालयमा १ हजार ६ सय ९९ र पर्सामा २ हजार ३ सय थान साइकल उपलब्ध गराइएको थियो ।

महालेखा परीक्षकको कार्यालयले यस वर्ष सार्वजनिक गरेको प्रतिवेदनमा समेत राउत नेतृत्वको प्रदेश दुई सरकारको साईकल वितरणमा पारदर्शीता नदेखिएको उल्लेख गरेका थिए ।

अघिल्लो हप्तामा मात्रै महोत्तरीको वनरझुल्लामा रहेको पशुपतिनाथ विद्यालयमा यही कार्यक्रम अन्र्तगत साईकल वाडला विद्यार्थीहरु संग पैसा समेत असुल गरिएको समाचार सार्वजनिक भएको थियो ।